कोरोना संक्रमितको उपचारका लागि ‘रेमिडिसिभिर’ नेपाल ल्याउन शुरु

कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको ‘रेमिडिसिभिर’ इन्जेक्शन नेपाल आउन शुरु भएको छ। 

‘रेमिडिसिभिर’ इबाेलाको उपचार गर्न निर्माण गरिएको औषधी हो। तर पछिलाे समय यसले काेराेना संक्रमितलाई निक्काे पार्न थालेपछि चासाेकाे विषय बनिएकाे छ।

स्वास्थ्य मन्त्रालयले औषधी व्यवस्था विभागमा दर्ता गरी आयात गर्न पाइने स्वीकृति दिएपछि भारतबाट ५ सय इक्जेक्शन नेपाल आएकाे बताइएकाे छ। 

मन्त्रालय स्रोतका अनुसार भारतमा उक्त इन्जेक्शनको माग अत्यधिक रहेकोले नेपालको माग बमोजिम नपाइएको र विस्तारै आउने क्रम जारी रहने छ। 

आएको ५ सय भाइलमध्ये सात वटै प्रदेशका कोभिड अस्पतालमा पठाउने तयारी छ। सबैभन्दा बढि अति जोखिम क्षेत्र जस्तै वीरगञ्ज, काठमाडौं, विराटनगर, कर्णालीलगायत ठाउँमा पठाउने तयारी रहेको मन्त्रालयका एक अधिकारीले बताए।

कुल ५ सयमध्ये सय थान इन्जेक्शन वीररगञ्ज हेल्थकेयर हस्पिटललाई दिइएको बताइएको छ। प्रदेश २ मा अन्य अस्पताललाई दोस्रो चरणमा वितरण गर्ने लक्ष्य रहेको मन्त्रालय श्रोतले जनाएको छ। 

सरकारी दरमा एउटा भाइल ‘रेमिडिसिभिर’को दर ७ हजार ६ सय परेको छ। कोभिड अस्पतालले एउटा भाइल इन्जेक्शन सोही दरमा संक्रमितलाई पनि प्रदान गर्ने योजना छ।

प्रकाशित मिति: : 2020-08-23 09:27:29

प्रतिकृया दिनुहोस्