सुनसरीका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान १५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो।
उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो। त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।
उनका अनुसार ती पुरुषकाे शनिबार दिउँसो १२ बजे मृत्यु भएको हाे।
‘संक्रमितको स्वास्थ्य गम्भिर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरेका थियौं, तर बचाउन सकिएन, उनले भने।
यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १५ पुगेको छ। उनीहरुमध्ये १३ जना मोरङका हुन् भने दुई जना सुनसरी धरानका हुन्।