कोरोनाको नियम उल्लंघन गर्दा आइरिस मन्त्री बर्खास्त, ३७ दिनअघि मात्र मन्त्री नियुक्त

आयरल्याण्डका कृषि मन्त्रीलाई सरकारले बनाएको कोरोना संक्रमणको नियम उल्लंघन गरेको आरोप महंगो सावित भएको छ।

उनले नियम उल्लंघन गर्दा मन्त्री पद गुमाउनु परेको छ।

कृषि मन्त्री डारा कालेरीले कोरोना महामारीकै बीच ८० जनासँग बसेर डिनर गरेका थिए।

उनलाई ३७ दिनअघि मात्र मन्त्री नियुक्त गरिएको थियो।

यसअघिका कृषि मन्त्री बारी कोएनलाई हटाएर उनलाई नियुक्त गरिएको थियो।

एउटा गल्फ सोसाइटीको पार्टीमा बुधबार उनी सहभागी भएका थिए।

त्यहाँ ८० जनाको भीडमा डिनर गरेको भन्दै उनको ठूलो आलोचना भएको थियो।

 

प्रकाशित मिति: : 2020-08-22 08:06:51

प्रतिकृया दिनुहोस्