शान्ति स्थापनाका लागि २३३ सैनिक साउथ सुडान प्रस्थान

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि २३३ नेपाली सैनिक साउथ सुडान प्रस्थान गरेका छन्।

शुक्रबार उनीहरु साउथ सुडान प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ।

७०० सैनिक सुडान प्रस्थान गरिसक्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण प्रभावित भएको हो। 
 
बाँकी सैनिकक भदौ तेस्रो साता जाने तयारी छ। यसअघि पनि २३८ जना सैनिक सुडान गइसकेका छन्। साउन २१ गते ३५ जनाको टोली इराक गएको थियो।

मालीमा असार ३१ गते नै २१३ जनाको टोली गएको थियो।

त्यस्तै लिवियामा २३० जना जाने तयारीमा छन्। 

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य अन्तर्गत नेपाली सेना विभिन्न देशमा खटिँदै आएको छ।

प्रकाशित मिति: : 2020-08-21 14:39:29

प्रतिकृया दिनुहोस्