विभिन्न आइसोलेसनमा बस्दै आएका बाँकेका ५१ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्।
स्वास्थ्य मापदण्डअनुसार १४ दिन आइसोलेसन अवधि पूरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरी शुक्रबार पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए।
योसहित बाँकेमा कोरोना निको हुनेको संख्या ५४७ डिस्चार्ज पुगेको छ। हाल आइसोलेसनमा २ सय ३६ जना छन्।
तीमध्ये सामान्य लक्षण देखिएका ३४ जना र लक्षण नदेखिएका २ सय २ जना छन्।
बाँकेमा दुई महिलासहित ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।