चितवनका थप २२ सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भरतपुर कोभिड १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। भरतपुर महानगरपालिका २, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो।
यता, राप्ती नगरपालिकाका २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै क्वारेन्टाइनमा रहेका थिए। संक्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन्।
यसैगरी, संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन्।
मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो। उनीहरु अस्पताल आएका बिरामी हुन्।
चितवनमा आज २२ जना संक्रमितको संख्या ३०३ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु भएको छ। यता कैलालीका एक बिरामीको पनि चितवनमा नै उपचारको क्रममा मृत्यु भएको थियो।