मेडिकल काउन्सिलद्वारा लाइसेन्स परीक्षा पुनः स्थगित

नेपाल मेडिकल काउन्सिलले भदौ ७ देखि हुने भनिएको लाइसेन्स परीक्षा स्थगित गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै काउन्सिले परीक्षा स्थगित गरिएको जानकारी दिएको हो। 

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी गरेको अवस्थामा परीक्षा संचालन गर्न नसकिने भन्दै काउन्सिलले परीक्षा स्थगित गरेको हो। 

'विश्वव्यापी महामारीका कारण काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा गरिएको निषेधाज्ञा/बन्दाबन्दीका कारण उक्त परीक्षा स्थगित गरिएको छ,' काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

स्थिति सामान्य हुने बित्तिकै परीक्षाका लागि अर्को सूचना जारी गरिने समेत काउन्सिलले बताएको छ। 

गत वर्ष चैतका लागि तोकिएको काउन्सिलको लाइसेन्स परीक्षा भदौ ७ का लागि सारिएको थियो। त्यसबेला पनि सरकारले घोषणा गरेको लकडाउनका कारण परीक्षा सारेको थियो। 

प्रकाशित मिति: : 2020-08-19 23:32:35

प्रतिकृया दिनुहोस्