हेटौंडामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालाले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार हेटौंडा उपमहानगरपालिका भित्र २० जना र भीमफेदी गाउँपालिकाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
हेटौंडाको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंका अनुसार हेटौंडा १ मा ४ जना, हेटौंडा ३ मा ३ जना हेटौंडा ४ मा ७ जना, हेटौंडा ५ मा २ जना हेटौंडा ७ मा १ जना, हेटौंडा ९ मा २ र हेटौंडा १० मा एक जनालाई कोरोना संक्रमण देखा परेको छ।
यता भीमफेदीका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ।
साउन ३१ गते एकसय ३५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जनाइएको छ।