राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने छः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन् । नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै  ट्वीट्मार्फत सभामुख सापकोटाले उनीप्रति  श्रद्धाञ्जलि अर्पणका साथ  शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै  राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गरेका छन् ।

यसैबीच १०१ वर्षको उमेरमा मंगलबार साँझ दिवङ्गत भएका राष्ट्रकविको बुधबार मात्र अन्त्येष्टि गरिने भएको उनका पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ । अहिले उनको पार्थिव शरीर निवासमै राखिएको छ ।

प्रकाशित मिति: : 2020-08-18 23:42:24

प्रतिकृया दिनुहोस्