विपद्का घटनामा मृत्यु हुनेको परिवारलाई तत्कालै नगद २ लाख नगद दिइने

सरकारले प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद २ लाख रुपैयाँ राहत दिने भएको छ।

यदि एकै परिवार एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र अन्यको हकमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्काे बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

त्यस्तै विपद्बाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएमा पीडित परिवारले नगद राहत पाउनेछ। ५ जनासम्म सदस्य भएका परिवारलाई तत्काल १५ हजार र बढी भएमा २० हजार रुपैयाँ दिने निर्णय भएको हाे। 

यता विपद्का घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्न सरकारले तत्काल १ लाख रुपैयाँसम्म सहायता दिनेछ।

यस्तै घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति १ हजार यातायात खर्च पनि सरकारले व्यहाेर्ने छ। क्षति भएको घर पुननिर्माणका लागि जिल्ला वन कार्यालयमार्फत सहुलियत दरमा काठ पनि दिने सरकारले निर्णय सरकारले गरेको छ।
 

प्रकाशित मिति: : 2020-08-18 18:16:52

प्रतिकृया दिनुहोस्