जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस

सरकारले तीन देशका लागि राजदूत नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो।

बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई नियुक्त गरिएको हाे।

राजभण्डारीलाई बेल्जियम, अधिकारीलाई पाकिस्तान र खड्कालाई जर्मनीको राजदूतमा नियुक्त गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-18 18:04:27

प्रतिकृया दिनुहोस्