सिडिओहरूलाई निषेधाज्ञा जारी गर्ने अधिकार

सरकारले आवश्यक परे निषेधज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिबाट विश्लेषण गरी संक्रामक रोगको ऐनमा रहेर कदम चाल्ने अधिकार सिडिओलाई दिएको हो।

अब प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्ला र कुनै भागमा मात्र रहने गरी निषेधज्ञा जारी गर्नसक्नेछन्। कोरोना संक्रमण दर बढिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2020-08-18 16:47:29

प्रतिकृया दिनुहोस्