बाढी पहिरोपीडितको उद्धारमा कांग्रेसले पठायो ३० जिल्लामा ४५ लाख

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ।

प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए।

कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सा जिल्लामा रकम पठाएको छ।

त्यस्तै धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई पनि रकम पठाएको कांग्रेसले जनाएको छ।

‘कोरोनाको कहरकै बीच विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएको र क्षतिमा उद्वार र राहतको जिल्लास्तरीय अभियानलाई बल पु¥याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट  सहयोग गरेका हौं,’ पौडेलले भने। 

प्रकाशित मिति: : 2020-08-18 14:21:47

प्रतिकृया दिनुहोस्