भारतीय गृहमन्त्री अमित शाह पुन: अस्पताल भर्ना

भारतीय गृहमन्त्री अमित शाहलाई अस्पतालमा भर्ना गरिएको छ।

कोरोना संक्रमण पुष्टि भएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनलाई मंगलबार मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो। 

५५ वर्षिय शाहमा कोरोना संक्रमण पुष्टि भएसँगै दुई साता आइसोलेसनमा बसेका थिए।

 गत साता मात्र नेगेटिभ रिपोर्ट आएपछि शाह अस्पतालबाट डिस्चार्ज भएका थिए। तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई  पुन: अस्पतालमा भर्ना गरिएको हो। 
 

प्रकाशित मिति: : 2020-08-18 12:20:02

प्रतिकृया दिनुहोस्