विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार बेलुका विराटनगर महानगरपालिका ८ मधुमाराका ४७ वर्षका पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएकाे थियाे।
अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको हो। आइतबार भर्ना भएका पुरुषको सोमबार बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
याेसागै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ८ पुगेको छ।