काठमाडौं उपत्यकामा थपिए १७२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका मात्रै १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनका अनुसार काठमाडाैंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनालाई काेराेना संक्रमण देखिएकाे हाे। याेसँगै काठमाडाैं उपत्यकामा मात्रै १९ सय ६७ जनामा काेराेना संक्रमण देखिएकाे छ।

यस्तै काठमाडाैं उपत्यकामा १५ सय ६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ जनामा काेराेना संक्रमण छन्।

याेसँगै संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ।

यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ। 

प्रकाशित मिति: : 2020-08-16 16:40:44

प्रतिकृया दिनुहोस्