विराटनगरकी कोरोना संक्रमित महिलाको उपचारकाे क्रममा मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। 

विराटनगर २ तिनपैनीकी ५० वर्षीय महिलाको शनिबार मृत्यु भएका हो।

उनलाई विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो। 

‘श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि रेफर गरेर यहाँ ल्याइएको थियो,’ प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले भने, ‘ करिव साढे बाह्र बजे उपचारको क्रममा निधन भएको हो।’  

उनका अनुसार मृतक महिलाको फोक्सो, मुटु र थाइरोइडको समस्या थियो। यही समस्याको उपचार गराउन उनी दिल्लीमा गएर फर्किएकी थिइन्। 

यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-16 11:56:43

प्रतिकृया दिनुहोस्