पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पताल प्रशासनका अनुसार संक्रमित हुनेमा १० महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमितमध्ये २ जना बाराका र अरू ४५ जना पर्साकै छन्।
नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी पनि रहेका छन्।
यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिका १ जना पुरुष तथा बाराको महागढीमाई र कलैयाका एक/एक जना पुरूषमा संक्रमण पुष्टि भएको डा.सिंहले जानकारी दिए ।