पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ। प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा यसअघि धादिङका प्रजिअ आसमान तामाङलाई पठाइएको छ। उनी यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ।

प्रकाशित मिति: : 2020-08-12 15:54:43

प्रतिकृया दिनुहोस्