फेरि थपिए ६ सय ३८ कोरोना संक्रमित, १७१ निको भए, थप चार जनाको मृत्यु

मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन्। यो सँगै हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। यो सँगै  हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा १० हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमण छ।

आज ४ मृतक केस थपिएका छन्। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

काठमाडौंमा थप १३४ जना

मंगलबार काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएका छन्।

प्रकाशित मिति: : 2020-08-11 16:35:54

प्रतिकृया दिनुहोस्