भारतका पूर्वराष्ट्रपति मुखर्जीकाे अवस्था नाजुक, भेन्टिलेटरमा सारियाे

कोरोना भाइरसबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा सारिएको छ।

८४ बर्षीय मुखर्जीको मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि सोमबार शल्यक्रिया गरिएको थियो। जुन सफल भएको छ। 

मुखर्जी भारतीय सेनाको ‘आर एण्ड आर’ अस्पतालमा भेन्टिलेटरमा छन्। शल्यक्रियाअघि गरिएको परीक्षणमा सोमबार मुखर्जीको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। 

सोमबार शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि नै उनलाई भेन्टिलेटरमा सारिएको जनाइएको छ । 

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अवस्था गम्भीर छ र उहाँलाई लाइफ सपोर्ट सिस्टममा राखिएको छ।’

मुखर्जी २०१२–१७ सम्म भारतको १३ औं राष्ट्रपति निर्वाचित भएका थिए। उनलाई २०१९ मा भारतको सबैभन्दा ठूलो सम्मान भारत रत्नबाट विभूषित गरिएको थियो। 

प्रकाशित मिति: : 2020-08-11 16:26:27

प्रतिकृया दिनुहोस्