पर्सामा ५२ र बारामा ३ गरि थप ५५ जनामा काेराेना भाइरस संक्रमित थपिएका छन्।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको क्रममा पर्साका ५२ जना र बाराका ३ जनासहित ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हाे।
संक्रमित १८ जना महिला र ३७ जना पुरुष रहेको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेहरुमा ५ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेका छन्।
संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८, जिल्ला प्रहरी कार्यालय पर्साका १, नारायणी अस्पतालको क्वारेन्टाइनमा रहेका ५ वर्षीया बालिकासहित ३, वीरगञ्ज माईस्थानका ३, वीरगञ्ज बिर्ताका ८६ वर्षीय वृद्धसहित ९ र छपकैयाका ५ जना रहेको छन् ।
त्यसैगरी वीरगञ्जको आदर्शनगर, रामटोल, मुर्लि, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघरलगायतका क्षेत्रका बासिन्दा रहेका छन् ।
यता पर्साको धोबिनी गाउँपालिका ३ का १ जना रहेका छन् । बाराको बिश्रामपुर गाउँपालिका ५ इटियाहीका १, पथलैया र कुटुवा बाराका थप १/१ जनागरी ३ जना संक्रमित पुष्टि भएको डा सिंहले जानकारी दिए।