नेपालमा काेराेना भाइरस संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ तथा बाँके र पर्सामा १/१ जनाकाे मृत्यु भएकाे भएकाे हाे।
मेडिसिटी अस्पतालमा उपचाररत कीर्तिपुर ट्याङ्लाफाटका ६४ वर्षीय कोरोना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ। असार ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
मृतक पुरुषलाई निमोनिया भएको थियाे। ती व्यक्ति मधुमेहका रोगी समेत रहेका थिए।
यता काठमाडौं महानगरपालिका १० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएकाे छ।
यस्तै बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका २ की ७० वर्षीय कोरोना संक्रमित महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।
दुईदिन अघि उनमा कोरोना पुष्टि भएको थियो। ती महिलाको दिउँसो तीन बजेतिर उपचारको क्रममा मृत्यु भएको हाे।
यता पर्साको देवयानी १५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।