दमक अस्पताल बन्द

झापाको दमकस्थित दमक अस्पतालमा एक जना कोरोना संक्रमित उपचार गराउन आएको भन्दै बन्द गरिएको छ।

अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका एक सशस्त्र प्रहरी जाँच गराउन आएको खुलेपछि हस्पिटल बन्द गरिएको अस्पताल प्रसाशनले जनाएको छ। 

उनी  आइतबार  दिउँसो हस्पिटल गएका थिए।

उनको दमक नगरपालिकाबाट स्वाब संकलन गरी बुधबार पिसिआर परीक्षणका लागि पठाइएको थियो।  दमकबाट पठाइएका १०७ जनामध्ये आइतबार  ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो।

सोही दिन हस्पिटलमा जाँच गर्न उनी गएका थिए। साथीसँगै गएका उनले रुघा लागेको बताएका थिए। 

अस्पतालका कार्यकारी निर्देशक तेजराज घिमिरेले यो परिस्थितिमा पनि जनतालाई सेवा दिदैं आएकोमा सुरक्षा निकायका सदस्यले नै लापरवाही गर्नाले हस्पिटलले सेवा दिन नसक्ने अवस्था आएको बताए।

उनले कन्ट्याक्ट ट्रेसिङ्गको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जनाए।

नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले ३–४ दिनमा उनको सम्पर्कमा आएका र हस्पिटलमा भेट भएकाको खोजी गरी सबैको परीक्षण गरिने बताए।

प्रकाशित मिति: : 2020-08-10 12:33:47

प्रतिकृया दिनुहोस्