बाँकेमा आइतबार प्रहरीसहित थप ४८ जनामा कोराना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा ३० जना प्रहरीसहित ४८ जनामा कोरोना पुष्टि भएको हो। यता दाङका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्जसहित ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि बाँकेका ६ जना प्रहरीलाई संक्रमण देखिएको थियो। याेसँगै बाँकेमा कोरोना संक्रमित हुने प्रहरीको संख्या ३६ पुगेको छ।
यस्तै बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको छ। संक्रमित बढ्दै जान थालेपछि जिल्लाभरी निषेधाज्ञा जारी छ।