धनुषाकाे मिथिला विहारीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएका पुरुषको मृत्यु

धनुषाकाे मिथिला विहारी नगरपालिका ५ मा कोरोना भाइरसको जस्तै लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ। ती पुरुषमा गत ५ दिनदेखि रुखाखोकी, टाउकाे दुख्ने समस्या काे समस्या रहेको थियाे।

उनी विगत ५ महिना देखि धनुषाकै विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएकाे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आएका थिए।

भट्टराईका अनुसार मृतकको स्वाब संकलनको तयारी भइरहेको छ। स्वाब संकलन पछि शवको व्यवस्थापनको प्रकृया अगाडि बढाइने उनले बताए। 

मृतकको शव अहिले पनि विनयतारा फाउण्डेशनमै रहेको छ। उनको शव व्यवस्थापनका नेपाली सेनाको टोली त्यहाँ पुग्न लागेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

प्रकाशित मिति: : 2020-08-09 13:20:22

प्रतिकृया दिनुहोस्