महोत्तरीको गौशालामा एक साता लकडाउन

महोत्तरीको गौशाला नगरपालिका एक साताका लागि लकडाउन गरिएकाे छ। 

नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा आइतबार राति ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजे रातिसम्म लागू हुने गरी लकडाउन गरिएकाे हाे। 

नगरप्रमुख शिवनाथ महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने भन्दै अति आवश्यक औषधी पसल र स्वास्थ्य चौकीबाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारी साधन बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2020-08-08 17:45:19

प्रतिकृया दिनुहोस्