कर्णालीमा ५ जना संक्रमित थपिए, ५५ जना डिस्चार्ज

कर्णालीमा ५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ५ जना कोरोना संक्रमित थपिएका छन् ।  कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५ जना कोरोना संक्रमित थपिएका हुन् । 

कोरोना संक्रमित हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३० वर्षीय पुरुष, २२ वर्षीया महिला, २७ वर्षीया महिला र रास्कोट नगरपालिका २२ वर्षीय पुरुष र रामेछाप खाँडादेवी गाउँपालिका १ का ३० वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् । 

‘कर्णाली प्रदेशका विभिन्न प्रयोगशालामा २३३ जनाको स्वाव परीक्षण गरिएको थियो,’ उनले भनिन्, ‘त्यसमध्ये ५ जनामा कोरोना संक्रमण देखिएको हाे ।’

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९६५ पुगेको भट्टराईले जानकारी दिइन् ।

कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट ५५ जना कोरोना संक्रमण निको भएर घर फर्किएको भट्टराईले बताइन् । 

कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार ६६३ छ । हाल कर्णालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९६ छ ।

प्रकाशित मिति: : 2020-08-07 15:50:00

प्रतिकृया दिनुहोस्