गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ११ कोरोना संक्रमित

गण्डकी प्रदेशका ४ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीमा गरिएको परीक्षणमा कास्की‍का १, पर्वतका १, गोरखा‍का ६ र नवलपरासीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कास्कीको पोखरा महानगरपालिका ४ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। यता कुश्मा १३ का ३० वर्षीय महिलामा पनि संक्रमण देखिएको छ। उनीहरु दुबैको क्षयरोग उपचार केन्द्र, पोखरामा पीसीआर परीक्षण गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएो परीक्षणमा नवलपरासी हुप्सेकोटका वर्ष २३ र २५ २५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यता गोरखा पालुङटारका २४ र ३४ वर्षका दुई पुरुष, सिरानचोका २५ वर्षीय पुरुष, बारपाल सुलिकोटका २२ र २९ र स्थान नखुलेका एक २४ वर्षीय महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको थियो।

गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-06 06:59:09

प्रतिकृया दिनुहोस्