‘इनफ इज इनफ’का अभियन्ता ईः लाई अस्पताल भर्ना गरिएको छ।
कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईः ह्याम्स अस्पतालमा भर्न भएका हुन्।
उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको अभियन्ता आलोक सुवेदीले जानकारी दिए।
ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन्। यसअघि उनी बसन्तपुरमा अनशन बसेका थिए। यो उनको दोस्रो अनशन हो।