भारतमा काेराेना संक्रमितकाे संख्या १८ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ७७१ जनाको मृत्यु भएकाे छ। याेसँगै मृतकको संख्या ३८ हजार १३५ जना पुगेको छ ।
सरकारी अधिकारीका भारतमा कोरोना संक्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएका छन् । हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना संक्रमित अवस्थामा रहेका छन् ।
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना संक्रमित अवस्थामा नै रहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ ।
महाराष्ट्र कुल चार लाख ४१ हजार २२८ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ संक्रमित अवस्थामा रहेका छन् भने चार हजार १३२ जनाको मृत्यु भएको छ।
राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा १० हजार ३५६ जना संक्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार ३१७ व्यक्ति कोरोना मुक्त भएका छन् ।