सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित २७ जना नयाँ संक्रमित थपिएका छन् ।
आइतबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना स्वास्थ्यकर्मीको परीक्षण रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जितकुमार झाले जानकारी दिए ।
उनका अनुसार आइतबार नै तिलाठी कोइलाडी गाउँपालिका २ लौनियामा २५ जना नयाँ संक्रमित थपिएका हुन् ।
जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ सय २४ पुगेको छ ।