कर्णाली सरकारले विपद् पीडित परिवारलाई तीन महिना खाद्यान्न उपलब्ध गराउने

कर्णाली प्रदेश सरकारले विपद् पीडित परिवारका लागि तीन महिना खाद्यान्न उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायतका विपदमा परेकाको परिवारका लागि तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णाय गरेको हाे ।

यस्तै प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि राहतस्वरुप प्रति परिवार एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् ।

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपदमा परी ज्यान गुमाउने नागरिकका लागि २ लाख रुपैयाँको बिमा गरिसकेको छ ।

बाढीपीडितका लागि यसअघि पनि प्रदेश सरकारले विभिन्न आश्वासन र योजना अघि सारे पनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन ।

प्रकाशित मिति: : 2020-08-02 16:15:38

प्रतिकृया दिनुहोस्