जसलाई आफ्नै मितले गोली हाने

राम धामी, डडेल्धुरा– भीमदत्त पन्त, नेपाली किसान आन्दोलनका अमर शहिद । ‘कि त जोत हलो, कि त छोड थलो, यदी होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गरेका विद्रोही किसान नेता पन्तको शनिबार स्मृति दिवस बिविध कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ ।

अमर सहिद पन्तलाई तत्कालीन शासकले फाँसीमा चढाएको ६८ वर्ष पुगेको छ । पन्तको ६८ औँ स्मृति दिवस शनिबार डडेल्धुराका बिभिन्न स्थानमा मनाइएको छ । केही वर्ष यता डडेल्धुरामा स्थापित शहीद भीमदत्त स्मृति प्रतिष्ठानले नियमित रुपमा सहिद पन्तको जन्म जयन्ती र स्मृती दिवस मनाउने गरेको छ । १८ फागुन २०७२ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो ।

विशेषगरी नेपालका कम्युनिस्ट पार्टीहरुले भीमदत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन् । सहिद पन्तले नेपाली काँग्रेससँग आवद्ध भएर राजनीतिक जीवनको सुरुवात गरेका थिए । २००७ सालमा भएको दिल्ली सम्झौताको बिरोध गर्दै उनले काँग्रेसको राजनीति छोडेका थिए । त्यसपछि उनले कम्युनिस्ट राजनीति गरेका थिए । अपितु, कम्युनिस्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बनेपनि उनले उठान गरेका मुद्दा भने अझसम्म ओझेलमै छन । राज्यबाटै उनको योगदानलाई उपेक्षा गरिएको छ ।

प्रकाशित मिति: : 2020-08-02 11:02:10

प्रतिकृया दिनुहोस्