सोमबारदेखि पर्सामा अनिश्चितकालिन निषेधाज्ञा

सोमबारदेखि पर्सामा जिल्लाभरी नै निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण तीब्र बनेपछि स्थानीय प्रशासनले जिल्लाभरी नै निषेधाज्ञा लगाउने भएको हो।

यसअघि स्थानीय प्रशासनले विगत ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो। परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभरी नै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

शनिवार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरी नै अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2020-08-02 09:47:48

प्रतिकृया दिनुहोस्