नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक

 कुवेत नेपाली नागरिकहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।
 
कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई प्रवेशमा अनिश्चितकालीन रोक लगाएको जनाएकाे छ।

कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।
 

प्रकाशित मिति: : 2020-07-31 09:07:30

प्रतिकृया दिनुहोस्