बाँकेमा ‘मास्क खोई तपाईको’ जनचेतानामूलक र्‍याली

बाँकेमा नागरिकलाई मास्क वितरण गर्न प्रमुख जिल्ला अधिकारी र एसपी नै सडकमा निस्किएका छन् । 

जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि मास्क वितरण गर्न उनीहरू बुधबार सडकमा निस्किएका हुन् । 

जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय बाँकेको आयोजनामा मास्क वितरण कार्यक्रम गरिएकाे हाे।

उक्त ‍अवसरमा `मास्क खोई तपाईको ?´जनचेतानामूलक र्‍याली  समेत गरिएकाे थियाे।

उक्त र्‍याली धम्बोझी चोकबाट सुरु भई बि.पि.चोक, त्रिभुवन चोक, न्यु रोड, सेतु बि.क.चोक हुँदै पुन: धम्बोझी चोकमा आएर समाप्त भएको थियो। 

साे अवसरमा नेपालगञ्जका विभिन्न क्षेत्रका  करिव ५ हजारलाई  मास्क वितरण गरिएको जिप्रका बाँकेले जनाएकाे छ । प्रजिअ रामबहादुर कुरूम्वाङ आफैले चाेकमा मास्क नलगाएका महिला,बालबालिका र अन्य नागरिकलाई  सुरक्षित रहन आग्रह गर्दै मास्क वितरण गरेका थिए । 

उनका अनुसार नागरिकलाई काेराेना संक्रमणबाट बच्नकाे जनचेतना फैलाउनकाे लागि कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । पछिल्लो समय नेपालगञ्जमा कोरोनाको जोखिम अत्याधिक बढ्दै गएपछि सो बारेमा जनचेतना फैलाउने उद्देश्यले अभियान थालिएकाे उनकाे भनाइ छ ।

बन्दाबन्दी समाप्त पारिएसंगै बजार र सरकारी कार्यालयहरुमा सामाजिक दुरी विना बढेको अत्याधिक भिडभाडका कारण जोखिम बढेको देखिएपछि जनचेतना फैलाउन जिल्लाका सुरक्षा प्रमुखहरु  साँझ मास्क वितरण गर्दै आफै बजारमा हुन् । 

एसपी ओमबहादुर रानाले जिल्ला भरी मास्क वितरण अभियान थालिएकाे जानकारी दिए । हाल सम्म बाँकेमा ४ सय ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रकाशित मिति: : 2020-07-29 22:32:17

प्रतिकृया दिनुहोस्