सिरक डसना भण्डारमा काम गर्ने तीन भारतीय नागरिकमा कोरोना

 बुटवलमा एक होटलमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। 

पुरानो बसपार्कस्थित एक होटलमा बसेका उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना देखिएको जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए। 

‍संक्रमण देखिएका ब्यक्तिहरु बुटवल ४ अमरपथमा रहेको एक सिरक डसना भण्डारमा काम गर्ने मजदुर हुन्। उनीहरु बुधबार भारतबाट आएका थिए। पसल सञ्चालकले कोरोना परीक्षणपछि मात्रै काममा लगाउने भन्दै ७ गतेदेखि होटलमा राखेका थिए।

शुक्रबार उनीहरुमा कोरोना पोजिटिभ देखिएपनि उपमहानगरले सोमबार मात्रै सार्वजनीक गरेको हो।

उनीहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवल धागो कारखाना रामनगरको कोरोना विशेष अस्पतालमा राखिएको छ। 

संक्रमित बसेको होटललाई सिल गरिएको छ। त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाइनमा राखिएको उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-27 20:02:21

प्रतिकृया दिनुहोस्