सल्यानमा करेन्ट लागेर एक बालककाे मृत्यु भएको छ ।
सोमबार आँप टिप्ने क्रममा करेन्ट लाग्दा शारदा नगरपलिका ७ बस्ने १४ वर्षीय टोपेन्द्र बुढाथोकी रुखबाट खसेका थिए ।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।