गृहको निर्देशन– मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्नू

फाइल तस्वीर

गृह मन्त्रालयले  कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिएको छ।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि  आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।

‘रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका छन्। मन्त्रालयले यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न ७७ जिल्ला प्रशासन कार्यालयलाई फेरि निर्देशन दिएको हो,’ उनले भने।’

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ।

साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ।

मास्क लगाउन अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने उनले बताए। 

प्रकाशित मिति: : 2020-07-26 15:13:34

प्रतिकृया दिनुहोस्