बेनामे उजुरीमा अल्झिनुभन्दा अख्तियारले ठूला भ्रष्टाचार हेर्नुपर्छ: सांसद भुसाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएकाे छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा नेकपाका सांसद पम्फा भुसालले उक्त सुझाव दिएकी हुन्।

कोरोना महामारीका बेला खरिद गरिएको स्वास्थ्य सामाग्रीमा समेत अनियमितता भएको भन्दै उनले भने, ‘कात्रोमाथि कमिसन खाने ? तपाई हामीले लगाउने मास्क र स्यानिटाइजरमा खाने ? बेनामे उजुरीमा अल्झिनुभन्दा अख्तियारले ठूला भ्रष्टाचार हेर्नुपर्छ।’ 

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता केहीदिनमा नै रद्द गरेको थियो। त्यसबेला विभागका महानिर्देशकले धरौटी जफत गर्ने बताएका थिए। तर भुसालले भने मन्त्रिपरिषद्ले भुक्तानी दिनू भनेर ताकेता गरेकाे बताइन्।

 

प्रकाशित मिति: : 2020-07-26 14:36:43

प्रतिकृया दिनुहोस्