तान्जानियाको पूर्व राष्ट्रपतिको निधन

तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ । 

तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनी देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन भएका थिए। उनीले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गरेका थिए। 

तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट ‘म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो । आउनुहोस्, हामी उनीहरूका लागि प्रार्थना गर्रौ  र थप जानकारी पछि आउनेछ ’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत छोटो सम्बोधनमा गर्रदै भने। मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन् ।
 
मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो । उनीले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गरेका थिए। उनी देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गरेका थिए। 

राष्ट्रपति हुनुअघि उनीले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हालेका थिए। राष्ट्रपति हुनु भन्दा अघि उनी संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा पनि काम गरेका थिए । 

उनीको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ ।

प्रकाशित मिति: : 2020-07-24 15:27:50

प्रतिकृया दिनुहोस्