१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार, ६३ वर्षीय वृद्धा पक्राउ

मोरङमा अपांगता भएकी बालिकालाई प्रलाेभनमा पारेर बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन्।  

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा संलग्न रहेको पाइएपछि  प्रहरीले बिहीबार राति केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरेकाे हाे।  

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर  बालिकामाथि जबरजस्ती गरेका थिए। बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध पक्राउ परेका हुन्।  

उनले बालिकालाई ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर  बलात्कार गरेको खुलेको छ। 

प्रहरीका अनुसार बालिकाको शरीरको एउटा पाटो चल्दैन। उनी राम्ररी बोल्नसमेत सक्दिनन्।

प्रहरीले राति १० बजे पक्राउ गरेर लिम्बूलाई कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याएको छ।

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने एसपी खड्काको भनाइ छ। 

 

प्रकाशित मिति: : 2020-07-24 13:10:33

प्रतिकृया दिनुहोस्