भारतमा पछिल्लो २४ घण्टामा ४९ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यहाँ ४९ हजार ३१० नयाँ संक्रमित फेला परेका हुन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण ७४० जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ। भारतमा अहिलेसम्म कोरोनाको कारण ३० हजार ६०१ जनाको मृत्यु भएको छ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोनाका तीन लाख ४७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्। यता दाेस्राे स्थानमा रहेकाे तामिलनाडुमा एक लाख ९२ हजारभन्दा धेरै संक्रमित छन्।
यता अर्थिक नगरी दिल्लीमा अहिलेसम्म एक लाख २७ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।
भारतमा अहिलेसम्म आठ लाख १७ हजार २०९ कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।