फ्रान्सले गरिब मुलुकलाई ४ करोड मास्क बाँड्ने

फ्रान्स सरकारले अविकसित देशका लागि ४ करोड मास्क बाँड्ने भएको छ।

 स्वास्थ्य मन्त्री ओलिविर भेरनले यसको घोषणा गर्दै मेडिकल सहायताअन्तर्गत अविकसित देशलाई मास्क उपलब्ध गराउन लागिएको जानकारी दिए। 

फ्रान्सले उत्पादन गर्न लागेको मास्क पुनः प्रयोग गर्न सकिने छ। 

यो मास्क धुन सकिने र ३० पल्ट प्रयोग गर्न मिल्ने मन्त्री भेरनले बताए। 

फ्रान्सले सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउन आफ्नो जनतालाई निर्देशन दिएको थियो। 

हालसम्म फ्रान्समा १ लाख ८० हजारको हाराहारीमा संक्रमित भेटिएका छन्, जसमा ३० हजार १ सय ८२ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-07-24 10:47:13

प्रतिकृया दिनुहोस्