पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २४१ पुगेको जानकारी दिए।
उनका अनुसार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, ललितपुरका २ जना रहेका छन्।
यस्तै काठमाडौंका ५, महोत्तरीका १, पर्वतका ३, कास्कीका २, स्याङजाका १, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका १४, डढेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ तथा कञ्चनपुरका ३० जना संक्रमित थपिएका हुन्।
कोरोनाको संक्रमण निको भएर थप १५६ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ८४० पुगेको छ।
आज वीरगञ्जमा थप एक जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ। यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन्।