सबै खालका घोटालाको पर्दाफास हुन्छ: सभापति शाह

संघिय संसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताएका छन्। उनले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाएका छन् । 

वाइटवढिदेखि अहिलेको ओम्नी ग्रुपसम्मलाई लेखा समितिले अध्ययन गरेर सरकारलाई कारवाहीका लागि प्रक्रिया थाल्न भनेको शाहले बताए । 

कांग्रेसका नेता शाहले सरकारले अपराधिहरु बचाउने काम गर्न नहुनेमा जोड दिए। 

उनले राज्यसंयन्त्रको दुरुपयोग गरेर गरिएको अनियमितताको एक एक हिसाव जनताका अगाडि सार्वजनिक गर्ने पनि बताए। 

उनले विपिले परिकल्पना गरेको समाजवाद अहिले पनि व्यवहारमा नआएको भन्दै दुर दराजका जनताको अवस्थालाई हेरेर विकासका योजना बनाउनु पर्ने बताए । 

सो अवसरमा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य फकरुद्धिन खांले आफुलाई सार्वहारको सरकार बताए पनि आफू र आफ्ना कार्यकर्ता पोष्ने काम मात्र भएको बताए। जनताको हितमा भन्दै आफ्नो कुर्ची बचाउने खेलमा सरकार लागेको उनको टिप्पणी छ । 

नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका उमेदवार विष्णु पोख्रेलले अहिले सरकारले जनस्तरका संकृति र सम्बन्ध भत्काउने काम गरेको टिप्पणी गरे। उनले प्रधानमन्त्री जस्तोव्यक्तिले विना अध्ययन लहडमा बोलेर दुई देशका नागरिकहरुका विचमा दुस्मनीको वातावरण निमार्ण गरेको आरोप लगाए।

कार्यक्रममा विपि विचार समाज रुपन्देहीका अध्यक्ष शरद भट्टराईले समाजवाद मुखले मात्र भनेर नहुने भन्दै व्यवहारमा समाजवाद लागु गर्न सरकारलाई आग्रह गरेका छन्।

समाजका क्षेत्रिय अध्यक्ष अमेरिका कोहारको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाली कांग्रेसका नगर सभापति मोहमद वकिल मुसलमान, समाजका सल्लाहकार हरि न्यौपाने, सचिव कृष्ण पोख्रेल, जिल्ला सदस्य नविन केसी, तिलोत्तमा अध्यक्ष कल्याण पौडेल,अशोक गोस्वामी लगायतले बोलेका थिए । सो अवसरमा समाजले कोरोना सक्रमणवाट बच्नका लागि मास्क को प्रयोग गरौं भन्दै मास्क वितरण गरेको थियो । 

प्रकाशित मिति: : 2020-07-23 16:48:34

प्रतिकृया दिनुहोस्