कर्णालीमा थपिए ३० कोरोना संक्रमित, ६ जना डिस्चार्ज

कर्णालीमा बिहीबार थप ३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

यता दैलेखको आठबीस नगरपालिका १ का दुई महिलासहित ११ जना रहेका छन्।  उनीहरु ४ देखि ४१ वर्षका छन्। सोही नगरपालिकाको  ७ का एकजना पुरुष संक्रमित भएका छन्।

यस्तै, दैलेखकै महाबु गाउँपालिका १ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन्। महाबुकै ३, ४ र ५ का  ४९ देखि ७० वर्षका तीनजना  पुरुष पनि संक्रमित भएका छन्। यता दैलेख डुङ्गेश्वर गाउँपालिका १ का का अर्का एकजना पुरुषमा संक्रमण पुष्टि भउकाे छ।

यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका ७ का दुई महिला रहेका छन्।

एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका ३ का ३८ वर्षीय पुरुष रहेका छन्। यससँगै कर्णालीमा कोरोना संक्रमितकाे संख्या १८१३ पुगेको छ।

हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन्। बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन्। 

हाल कर्णालीकाे आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-07-23 16:13:56

प्रतिकृया दिनुहोस्