भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस संक्रमणको कारण भारतमा एकै दिनमा १ हजार १२९ जनाको मृत्यु भएको हो।
योसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म २९ हजार ८६१ पुगेको छ।
भारतमा अहिले पनि ४ लाख २६ हजार १६७ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८२ हजार ६०६ जना संक्रमणमुक्त भएका छन्।
कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्रमा ३ लाख ३७ हजार ६०७ जना संक्रमित भएका छन्।
त्यसपछि तमिलनाडुमा १ लाख ८६ हजार ४९२ संक्रमित रहेका छन्। यता दिल्लीमा १ लाख २६ हजार ३२३ कोरोना भाइरस संक्रमित रहेका छन्।
त्यसपछि आन्ध्र प्रदेश,कर्नाटका र तेलङ्गानामा कोरोना भाइरस संक्रमितहरु अरु राज्यको तुलनामा बढी नै रहेको छ।