गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा १ जनासहित स्याङ्जा र पर्वतमा ५ जना कोरोना भाइरस स‌क्रमित थपिएका हुन्।

थपिएका मध्ये कास्की र पर्वतमा २/२ र स्याङ्जामा एक जना हुन्। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३५० पुगेको छ।

गण्डकीमा १०९१ जना डिस्चार्ज भएर घर फर्केका छन्। 

मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रकाशित मिति: : 2020-07-23 11:57:04

प्रतिकृया दिनुहोस्